भारतको सरकारी अस्पतालमा भइरहेको हडताल फिर्ता

 भदौ ७, २०८१ शुक्रबार ६:२६:२८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

सहकर्मीको बलात्कार र हत्याको विरोधमा भारतीय डाक्टरहरूले सरकारी अस्पतालमा गरेका हड्ताल ११ दिनपछि हिजो फिर्ता लिएका छन् ।

यही अगस्ट ९ मा भारतको पूर्वी शहर कोलकाताको सरकारी अस्पतालमा ३१ वर्षीया डाक्टरको शव फेला परेपछि विभिन्न ठाउँका सरकारी अस्पतालका चिकित्सक सङ्घहरूले अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरेका थिए । कोलकातामा भने अझै विरोध प्रदर्शन भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

महिला डाक्टरको बलात्कार पछि हत्या भएको घटनालाई लिएर देशव्यापी आक्रोश बढेको हो । यो घटनामा दोषीलाई कडा कारबाहीसँगै कार्यस्थलमा सुरक्षित रुपमा काम गर्ने वातावरणको सुनिश्चितता गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीसहित सर्वसाधारण समेत  विरोध प्रदर्शनमा सहभागी भएका छन् । 
 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया