सुनकोशी नदीमा खसेको जीप भेटियो : बेपत्ता तीन जनाको अवस्था अझै थाहा हुन सकेन

 भदौ ९, २०८१ आइतबार ८:४१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सशस्त्र प्रहरी बल

काठमाण्डौ – सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जीप भेटिएको छ । गोताखोरको टोलीले बेपत्ता प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको जीप क्षतिग्रस्त अवस्थामा गएराति फेला पारेको हो ।

खोटाङको हलेसीबाट काठमाण्डौका लागि छुटेको जीप हिजो बेलुका सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको थियो । मध्यपहाडी लोकमार्गमा गुडिरहेको जीप सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता छन् । उनीहरुको अवस्था अझै थाहा हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार गाडी खस्दा चालक भक्तपुरको सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका हुन् ।

हाम फालेर ज्यान जोगाएका अर्का एक जना सुशान्त कक्षपति घाइते हुनुहुन्छ । उहाँको स्थानीय शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । बेपत्ताको खोजी भइरहेको र खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहित प्रहरी टोली खटिएको छ । 

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया