किशोरकिशोरी तथा युवायुवतीमा नजिकका साथीबाट अनलाइन हिंसा बढ्दो
पुस १२, २०८१ शुक्रबार
काठमाण्डाै – एक किलोभन्दा धेरै लागूऔषध कोकिनसहित एक जना विदेशी नागरिक पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरोले अफ्रिकी देश इभोरी कोस्टका नागरिक भामारा कोनलाई एक किलो ८८ ग्राम कोकिनसहित पक्राउ गरेको हो । अबैध बजारमा यसको मूल्य तीन करोड ८० लाख रुपैयाँ बराबर हुन्छ ।
इभाेरी काेस्टका नागरिक काेनलाई काठमाण्डाै महानगरपालिका वडा नम्बर २६ ठमेल ज्याठामा रहेको एक होटलबाट पक्राउ गरेको ब्युरोले जनाएको छ । उनी कतार एअरवेजको उडानबाट भदौ ३ गते नेपाल आइपुगेका थिए ।
शङ्का लागेपछि पिछा गरेको प्रहरीले ठमेलको एक होटलबाट उनलाई पक्राउ गरेको हो । अनुसका को क्रममा उनले कोकिनको क्याप्सुल नाइजेरियाबाटै निलेर काठमाण्डाैसम्म ल्याएको खुलेको छ । भारत लैजान लागेको कोकिन उनले काठमाण्डौमा अर्कै व्यक्तिलाई बुझाउने तयारीमा थिए । अर्कै व्यक्तिलाई दिन एउटा खेलौनाभित्र राख्दै गर्दा कोकिन फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले कोकिन लिन आउने व्यक्तिलाई पनि पक्राउ गर्न उनलाई सार्वजनिक नगरेकोमा आजसम्म पनि नआएपछि सार्वजनिक गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।