त्रिविमा स्ववियु चुनावको तयारी
पुस १२, २०८१ शुक्रबार
काठमाण्डाै – भुटानलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल २० वर्षमुनिकाे साफ च्याम्पियनशिपकाे फाइनलमा पुगेकाे छ ।
लतिपुरकाे सातदाेबाटाेमा रहेकाे एन्फा कम्प्लेक्सकाे मैदानमा आज भएकाे पहिलाे सेमिफाइनलमा नेपालले भुटानलाई पेनाल्टी शुटआउटमा ४–१ ले हरायाे । निर्धारित ९० मिनेटकाे समयमा १–१ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे । पेनाल्टी शुटआउटमा नेपालका गाेलकीपर जियारथ शेखले भुटानका दुई जना खेलाडीकाे पेनाल्टी बचाए । यस्तै नेपालका राम थापा, अबिनाश स्याङ्गतान, सिमान्त थापा र जियारथ शेखले गाेल गरे ।
यसअघि खेलकाे ५६ औं मिनेटमा भुटानका जितसुनले गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । तर खेलकाे ७८ औं मिनेटमा नेपालका निराजन धामीले गाेल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
प्रतियाेगिताकाे दाेस्राे सेमिफाइनलमा भाेलि भारत र बङ्गलादेश खेल्दैछन् । फाइनल खेल आउँदाे बुधवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।