रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुस १२, २०८१ शुक्रबार
काठमाण्डाै – दोस्रो ताप्लेजुङ गोल्डकप फुटबलको उपाधि मोरङको सगरमाथा युथ क्लबले जितेको छ । ताप्लेजुङको फुङलिङ मैदानमा आज भएको फाइनलमा सिरहाको सलहेश युवा क्लबलाई १–० ले हराउँदै सगरमाथाले उपाधि जितेको हो ।
सेमिफाइनलमा सगरमाथाले आयोजक टोलीले सङ्घर्ष रिपोर्टिङ युवा क्लबलाई २–१ ले हराएको थियो । यस्तै सलहेशले सेमिफाइनलमा झापाको बिर्तामोड युनाइटेड क्लबलाई पेनाल्टी शुटआउटमा ४–२ ले हराएको थियो ।
मोरङको सगरमाथा युथ क्लबले उपाधिसँगै पाँच लाख रुपैयाँ तथा उपविजेता बनेको सलहेशले दुई लाख ५० हजार रुपैयाँ पाएका छन् ।
पहिलो संस्करणको ताप्लेजुङ गोल्डकपको उपाधि इलामको रेडहर्स फुटबल क्लबले जितेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।