पाकिस्तान : सशस्त्र विद्राेहीले राजमार्गमा गाडी राेकेर कम्तीमा ३९ जनाकाे हत्या गरे

 भदौ १०, २०८१ सोमबार १८:२:२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पाकिस्तानमा सशस्त्र विद्रोही समूहले राजमार्गमा गाडी रोकेर ३९ जनाको हत्या गरेका छन् । पाकिस्तानको दक्षिण–पश्चिमी क्षेत्रमा बन्दुकधारीले कम्तीमा ३९ जनाको गोली हानी हत्या गरेका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा आज बिहान आक्रमण भएको हो । सशस्त्र समूहले परिचयपत्र जाँच्दै पञ्जाब प्रान्तका मानिसहरूलाई छानीछानी गोली हानेको र गाडीमा आगो लगाइदिएको अधिकारीहरूले बताएका खबरमा उल्लेख छ ।

पञ्जाबलाई बलुचिस्तानसँग जोड्ने राजमार्गमा सशस्त्र समूहले २२ वटा गाडीलाई रोकेका बताइएको छ । बलोच लिबरेशन आर्मी यस क्षेत्रको सबैभन्दा सक्रिय लडाकु पृथकतावादी समूह हो ।

यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले यो घटनालाई आतङ्कवादी आक्रमणको सङ्ज्ञा दिँदै निन्दा गर्नुभएको छ ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया