ओमानका विदेशमन्त्री काठमाण्डाैमा

 भदौ १०, २०८१ सोमबार १८:१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : परराष्ट्र मन्त्रालय

काठमाण्डाै – ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि काठमाण्डौ आइपुग्नुभएको छ ।

उहाँ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा केहीबेरअघि काठमाण्डाै आइपुग्नुभएकाे मन्त्रालयले जनाएको छ । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि पहिलो पटक ओमानबाट उच्च भ्रमण भएको हो ।

विदेशमन्त्री बल्सुसैदीले भोलि बिहान परराष्ट्रमन्त्री राणासँग द्विपक्षीय वार्ता गर्नुहुनेछ । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेर फर्कने कार्यक्रम छ ।

नेपाल र ओमानबीच सन् १९७७ को जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । पश्चिम एशियाको महत्त्वपूर्ण देश ओमानमा नेपालले सन् २०१३ को सेप्टेम्बर १ मा दूतावास खोलेको थियो ।

नेपाल र ओमान विश्वस्तरका विभिन्न विषयमा समान विचार र धारणा राख्छन् । दुवै देश संयुक्त राष्ट्रसङ्घका सदस्य हुन् भने असंलग्न आन्दोलनमा पनि दुवै सँगै छन् । ओमानमा अहिले झन्डै २४ हजार नेपाली श्रमिक छन् ।

अन्तिम अपडेट: पुस १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया