नवलपरासीको रामग्राममा बुद्धकालीन शहरको संरचना भेटिएको दाबी
पुस १२, २०८१ शुक्रबार
काठमाण्डाै – काठमाण्डौको टुँडिखेलमा गौरा पर्व मनाउने क्रममा नेताहरूविरुद्ध नाराबाजी भएको छ । गौरा पर्व मनाउने क्रममा प्रधानमन्त्री केपी ओली शर्मा, नेपाली कांग्रेसका सभापि शेरबहादुर देउवालगायत नेताहरूविरुद्ध नाराबाजी भएको हो ।
टुँडिखेलमा भएको गौरा पर्व विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरू उपस्थित हुनुभएको थियाे ।
गौरा पर्वको महत्त्वपूर्ण दुर्वाष्टमी अर्थात् अठेवाली आज सुदूरपश्चिम क्षेत्रमा धुमधामका साथ मनाइँदै छ । गौरा पूजनका हिसाबले आजको दिनलाई महिलाहरूले महत्त्वपूर्ण मान्दछन् । दुवाेले गौराको पूजा गरिने भएकाले आजको दिनलाई दुर्वाष्टमी भनिएको हो । पवित्र धागोबाट निर्माण गरिएको ‘दुवधागो’ लाई विधिपूर्वक अभिमन्त्रित गरी नारीहरूले निरहार बसेर आजकै दिन धारण गर्दछन् ।
दुवधागो ग्रहण गरेका महिलाहरूलाई पवित्र मानिन्छ । दुवधागो धारण गरेका महिलाहरूलाई भातभान्सा गर्ने पहिलो अधिकार रहन्छ । यो चलन परम्परागतकालदेखि सुदूरपश्चिममा चल्दै आएको छ । महिलाहरूले गौरालाई नचाएपछि बेलुकीपख डालोभित्र राखिएका फलफूल तथा बिरुडालाई सफा कपडामा दुई जना पुरुषले आकाशमा फाल्ने गर्छन् । यसलाई फल फड्काउने भनिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।