गाडी प्रदर्शनको कुम्भ मेला ‘नाडा अटो शो’ आजदेखि शुरू हुँदै

 भदौ ११, २०८१ मंगलबार ९:११:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – गाडी प्रदर्शनको कुम्भ मेला ‘नाडा अटो शो २०२४’ आजदेखि शुरू हुँदै छ । अर्थमन्त्री विष्णु पौडेलले काठमाण्डौको भृकुटीमण्डपमा प्रदर्शनीको उद्घाटन गर्दै हुनुहुन्छ । ६ दिनसम्म चल्ने मेलामा २४ वटा ब्राण्डका चार पाङ्ग्रे, १० ब्राण्डका दुई पाङ्ग्रे र १२ ब्राण्डका हल्का गाडी रहनेछन् ।

नाडाका अध्यक्ष करण चौधरीका अनुसार अटो शोमा ९५ वटा कम्पनीका लागि १ सय ३० वटा स्टलको व्यवस्था गरिएको छ । स्टललाई आकर्षक बनाउन कम्पनीहरुले निकै मेहेनत र खर्च गरेका छन् । ठूला कम्पनीले एउटा स्टल निमार्णको लागि ४० लाख रुपैयाँसम्म खर्च गरेको आयोजकले जनाएको छ ।

अहिलेसम्मका नाडा अटो शो मा पेट्रोलियम पदार्थबाट चल्ने गाडीको बाहुल्यता रहेकोमा यसपटकको प्रदर्शनी विद्युतीय गाडी केन्द्रित भएको छ । प्रर्दशनीमा बीवाइडी, टाटा, हुन्डाई, एमजी, नेटा, स्काईवेल, किया, महिन्द्रा, दिपल, सेरेस, जीएसी एवोन, ओमोडा र सिट्रोन लगायत कम्पनीका विद्युतीय कार आकर्षणका रुपमा रहेका छन् ।

अहिलेको सुस्त अर्थतन्त्र चलायमान बनाउन  नाडा अटो शो ले भूमिका खेल्ने अध्यक्ष चौधरीको दाबी छ । नाडा अटो शोमा विभिन्न बैंकले स्टलसमेत राखेर गाडी किन्ने ग्राहकका लागि सुविधा दिने तयारी गरेका छन् । यसका साथै लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य सामग्रीका स्टल पनि रहेका छन् । ७५ हजार जनाले मेला अवलोकन गर्ने आयोजकको अनुमान छ । 

अन्तिम अपडेट: पुस १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया