एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
फेसबुकको मातृ कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले बाइडेन प्रशासनले सामग्री हटाउनका लागि दबाब दिएको आरोप लगाउनुभएको छ ।
मेटाका मालिक जुकरबर्गले बाइडेन प्रशासनले कोभिडसँग सम्बन्धित पोस्ट हटाउनका लागि दबाब दिएको बताएका बीबीसीले जनाएको छ । फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको मातृ कम्पनी मेटा हो ।
मार्क जुकरबर्गले अमेरिकी सदनको न्यायिक समितिलाई पत्र लेख्दै सन् २०२१ मा ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले कोभिड–१९ सँग सम्बन्धित सामग्री हटाउनका लागि महिनौंसम्म दबाब दिएका बताएका खबरमा उल्लेख छ । यसमा कटाक्ष र व्यङ्ग्यसँग सम्बन्धित सामग्री पनि रहेका जुकरबर्गले पत्रमा लेख्नुभएको छ । आफूहरू सामग्री हटाउन सहमत नहुँदा आफ्नो टिमप्रति निराशा व्यक्त गरिएको उहाँले बताउनुभयो ।
यस्तै पत्रमा जुकरबर्गले सन् २०२० मा न्युयोर्क पोस्टले बाइडेन परिवारको भ्रष्टाचारसँग जोडिएको एक रिपोर्ट लेख्दा अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले यसलाई दुष्प्रचार बताउँदै यो रिपोर्टलाई फेसबुकमा डिमोट गरिएको उल्लेख गर्नुभएको छ । यही कारण यो रिपोर्ट धेरै जनासम्म नपुगेको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।