प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया भदौ १४ गतेदेखि शुरू हुने

 भदौ ११, २०८१ मंगलबार १५:१६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया आउँदो भदौ १४ गते शुक्रवारदेखि शुरू हुने भएको छ ।

आज सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित १७ देशका राजदूतमाथि परेको उजुरीसहितको सुनुवाइ भदौ १४ गतेदेखि शुरू गरी भदौ १६, १७, १८, १९, २०, २४ र २५ गते गरी ८ दिनमा सम्पन्न गर्ने कार्ययोजना पारित गरेको हो ।

भदौ २१ गते तीज, २२ गते शनिवार र २३ गते ऋषिपञ्चमीको बिदा परेकाले त्यसअघि र पछि गरी आठ दिनमा संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने कार्ययोजना तय गरिएको समितिका सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिनुभयो । प्रस्तावित १७ राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिमा नौ वटा उजुरी परेका छन् । उजुरी थोरै भएकाले सुनुवाइ प्रक्रिया छोटिन पनि सक्ने समितिको निष्कर्ष छ ।

समितिको आजको बैठकमा उजुरीकर्ताहरूको उजुरी खोली समितिका सदस्यहरूलाई वितरण गरिएको छ । समितिको अर्को बैठक आउँदो शुक्रवारका लागि बोलाइएको छ ।

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया