प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

 भदौ १२, २०८१ बुधबार १५:०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली सेनाको नयाँ प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त हुनुभएको छ । सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई भदौ २४ गतेदेखि लागू हुने गरी प्रधानसेनापति नियुक्त गर्नुभएको हो ।

सिग्देल नेपाली सेनाको ४५औं प्रधानसेनापति बन्नुभएको छ । साउन २४ गतेदेखि बिदामा बस्नुभएका प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल भदौ २४ गतेदेखि सकिँदैछ । शर्माको अवकाशसँगै सिग्देलले प्रधानसेनापतिको जिम्मेवारी पूर्णरूपमा सम्हाल्नुहुने छ । शर्मा बिदामा बसेसँगै सरकारले सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो । सिग्देलको कार्यकाल आउँदो तीन वर्ष रहनेछ ।

त्रिभुवन विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर गर्नुभएका सिग्देलले चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट पनि रणनीतिक अध्ययनमा स्नातकोत्तर गर्नुभएको छ । उमेर विवादका कारण उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएपछि सेनापतिको रोलक्रममा सिग्देल आउनुभएको हो । ३७ वर्षे सैनिक सेवामा सिग्देलसँग स्वदेश तथा विदेशमा विभिन्न युनिटको नेतृत्व गरेको अनुभव छ ।

अन्तिम अपडेट: पुस १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया