पहाडी क्षेत्रमा मौसम आंशिक बदली : काठमाण्डौको न्यूनतम तापक्रम ...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – यस वर्षको मनसुन शुरू भएपछि अर्थात् गएको जेठ २८ गतेदेखि अहिलेसम्म देशका विभिन्न ठाउँमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी २ सय १० जनाको ज्यान गएको छ ।
यी घटनामा २ सय ७२ जना घाइते भएका प्रहरीले जनाएको छ । बाढी, पहिरोमा परेकामध्ये ५२ जना बेपत्ता भएका छन् । बाढीका कारण ४ सय ८ वटा घर डुबानमा परेका छन् । यस्तै ३ सय ६५ वटा घर, १ सय २६ वटा गोठ, ५३ वटा पुल, ७ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।
विपद्मा परी ९ सय ७२ वटा पशुचौपाया मरेका प्रहरीले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।