एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
ब्राजिलको सर्वाेच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले एलन मस्कलाई २४ घण्टाभित्र आफ्नो सामाजिक सञ्जाल 'एक्स' को तर्फबाट कानूनी प्रतिनिधि नियुक्त गर्न आदेश दिनुभएको छ ।
न्यायाधीश मोरेसले एलन मस्कले कानून व्यवसायी नियुक्त नगरेमा सामाजिक सञ्जाल 'एक्स' लाई देशव्यापी रूपमा प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको समाचार संस्था एएनआईले जनाएको छ । सर्वाेच्च अदालतले न्याय प्रक्रियामा बाधा पुर्याएमा ब्राजिलमा 'एक्स' को सञ्चालन प्रतिबन्ध हुने चेतावनी दिएको छ ।
यस वर्षको शुरूमा ब्राजिलको सर्वाेच्च अदालतका न्यायाधीश मोरेसले ‘एक्स’ का विभिन्न खाताबाट दुष्प्रचार फैलाएको आरोप लगाउँदै केही खाता बन्द गर्न आदेश दिएपछि विवाद शुरू भएको हो । तर 'एक्स' का प्रमुख मस्कले ब्राजिलका न्यायाधीशको आदेशलाई चुनौती दिँदै पुराना केही खातामाथिको प्रतिबन्ध हटाउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।