पोलियो विरुद्धको खोपका लागि गाजामा युद्ध रोक्न इजरायल सहमत

 भदौ १४, २०८१ शुक्रबार ९:५१:१४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

गाजामा बालबालिकालाई पोलियो विरुद्धको खोप लगाउने प्रयोजनका लागि इजरायल युद्ध रोक्न सहमत भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले इजरायलले गाजामा बालबालिकालाई पोलियो विरुद्धको खोप लगाउन युद्धविराम गर्न र अन्य मानवीय सहायताका लागि सहमत भएको जनाएको हो ।

गाजा पट्टीमा सञ्चालन हुने यस खोप अभियानमा ६ लाख ४० हजार बालबालिकालाई खोप लगाइने डब्ल्यूएचओका वरिष्ठ अधिकारी रिक पेपरकर्नलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । पर्सि आइतवारदेखि शुरु हुने खोप अभियान ३ दिनसम्म चल्ने छ ।

अभियानले गाजाको मध्य, दक्षिणी र उत्तरी भागलाई समेट्नेछ । युद्धविरामको सम्झौता पनि आइतवार बिहानैदेखि शुरु हुनेछ । गाजामा २५ वर्षमा पोलियोको सङ्क्रमण फेला परेपछि खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

यो खोप अभियान प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले डब्ल्यूएचओ र युनिसेफसँगको सहकार्यमा अनुगमन गर्नेछ । यसमा २ हजार स्वास्थ्यकर्मी सहभागी हुनेछन् ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया