पेरिस पारा ओलम्पिकमा नेपालकी पलेशा गाेवर्धन क्वार्टरफाइनलमा पराजित

 भदौ १४, २०८१ शुक्रबार १७:८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पेरिस पारा ओलम्पिक २०२४ मा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धन क्वार्टरफाइनलमा पराजित भएकी छिन् ।

पेरिसको ग्रान्ड प्यालेसमा आज भएको तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहको अन्तिम–८ मा पलेशा ब्राजिलकी सिल्भाना मायारा कार्डाेसाे फर्नान्डेससँग पराजित भइन् । पलेशा फर्नान्डेससँग १०–८ अङ्कले पराजित भइन् ।

यसअघि आजै भएकाे अन्तिम–१६ काे प्रतिस्पर्धामा पलेशाले भियतनामकी मोरालेस भलेरियालाई हराउँदै अन्तिम–८ मा प्रवेश गरेकी थिइन् । यो खेल हारे पनि पलेशाले ‘रिपिचेज’ व्यवस्थाअनुसार कास्य पदकका लागि खेल्न पाउने अवसर कायमै छ । पलेशाले रिपिचेज मा आजै राति १० बजेर ५४ मिनेटमा खेल्दैछिन् ।

पलेशाले गएकाे वर्ष चीनको हाङझाउमा भएकाे पारा एशियाली खेलकुदमा कास्य पदक जितेकी थिइन् । पारा एशियाली खेलकुदमा नेपालले पाएको यो पहिलो पदक हो ।

यसअघि हिजो भएको खेलमा तेक्वान्दोका भरतसिंह महता जापानका मित्सुया टनाकासँग पराजित हुँदै अन्तिम–१६ बाटै बाहिरिएका थिए । अब पौडीका भीमबहादुर कुमालले आउँदो सोमवार एस–९ विधामा पुरुष ५० मिटर फ्री–स्टायलमा सहभागिता जनाउनेछन् ।

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया