त्रिविमा स्ववियु चुनावको तयारी
पुस १२, २०८१ शुक्रबार
काठमाण्डौ – नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि तत्काललाई कायम रहने भएपछि एक सयभन्दा धेरै प्रहरी अधिकृतले एकैपटक अवकाश पाउने भएका छन् । सर्वोच्च अदालतले हिजो अन्तरिम आदेश खारेज गरेसँगै आज नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि डीआइजीसम्मका अधिकारीले अवकाश पाउन लागेका हुन् ।
अवकाश हुनेहरुमा डीआइजी विष्णुकुमार केसीसहितका प्रहरी अधिकृतहरु छन् । गएको भदौ ६ गते सर्वोच्चका न्यायाधीश हरिकुमार फुयाँलको इजलासले नेपाल प्रहरीमा सेवाहदका आधारमा अवकाश नदिन अन्तरिम आदेश दिएको थियो । २१ जना प्रहरी अधिकारीले दायर गरेको रिटका आधारमा यस्तो आदेश भएको थियो ।
आदेश कार्यान्वयन गर्दा प्रहरी सङ्गठनमा समस्या हुने भन्दै सरकारले त्यसविरुद्ध बुधवार पुनरावलोकन निवेदन दर्ता गरेको थियो । त्यही निवेदनमाथि न्यायाधीशद्वय विनोद शर्मा र सारङ्गा सुवेदीको हिजोको इजलासले पुरानो अन्तरिम आदेश खारेज गरिदिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।