ललितपुरको कान्तिपुर कोलोनीमा चितुवा आतङ्क

 भदौ १५, २०८१ शनिबार १०:१८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – ललितपुर महानगरपालिका–१४ नखिपोटमा रहेको कान्तिपुर कोलोनीमा चितुवा घुम्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । कान्तिपुर कोलोनीसँगै यस आसपासका क्षेत्रहरु लोहाचोक, शोभाहिटी, नख्खुडोल, सुनाकोठीलगायतका ठाउँमा चितुवा घुम्न थालेपछि स्थानीय बासिन्दा हिँडडुल गर्न समेत डराउन थालेका छन् ।

एक महिनाभन्दा लामो समयदेखि यस क्षेत्रमा ४ वटा चितुवा देखा परेका स्थानीयबासिन्दाले बताएका छन् । चितुवाको त्रास बढेपछि वडा नम्बर १४ कार्यालयले सूचना निकालेर मर्निङ वाक र इभिनिङ वाक नगर्न स्थानीय बासिन्दालाई सचेत गराएको छ ।

चितुवाबारे डिभिजन वन कार्यालय ललितपुर र प्रहरीलाई जानकारी गराएको एक महिना भईसक्दा पनि चितुवा नियन्त्रण वा रोकथामका लागि सरोकारवाला निकायबाट प्रभावकारी पहल नभएको कान्तिपुर कोलोनी टोल विकास समितिका अध्यक्ष जितेन्द्र भण्डारीले बताउनुभयो ।

पछिल्लो समय बन क्षेत्र नजिक र केही शहरी क्षेत्रका मानव बस्तीमा चितुवा देखिन थालेका छन् । बाघ र चितुवा जस्ता वन्यजस्तु बस्ती पस्ने र घरपालुवा जनावर तथा मानिसलाई आक्रमण गर्ने क्रम बढेको छ । वर्खाको समयमा बन्यजस्तु बासस्थान छोडेर मानव बस्तीमा पस्ने जोखिम धेरै रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी वरिष्ठ इकोलोजिष्ट श्याम कुमार शाहले बताउनुभयो ।

उहाँले जोखिमयुक्त क्षेत्रमा अँध्यारोको समयमा एक्लै नहिँड्न, घर वरिपरि भएका झाडी सफा गर्न, कृषिजन्य फार्म घरभन्दा टाढा राख्न, घरपालुवा जनावरलाई भित्रै व्यवस्थित रुपमा राख्न र सकेसम्म बस्तीमा रातको बेला  उज्यालो बनाउन सुझाव दिनुभएको छ । 

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया