एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
मलेसियाको राजधानी क्वालालम्पुरमा आठ दिनअघि ढलमा खसेकी एकजना भारतीय महिला अझै भेटिएकी छैनन् । फुटपाथमा हिँडिरहेको बेला अचानक आठ मिटर गहिरो ढलमा खसेकी ४८ वर्षकी विजया लक्ष्मी गालीको खोजी आज आठौँ दिन पनि चलिरहेको तर अहिलेसम्म उनी नभेटिएको उद्धारकर्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
खोजी शुरु गरेको १७ घण्टापछि उद्धारकर्मीले हराएकी महिलाको जोडी चप्पल भेटाएका थिए । त्यसपछि कुनै प्रगति नभएको खबरमा उल्लेख छ । उद्धारको लागि एक सय १० जना रातदिन नभनी खटिएका छन् । उद्धारकर्मीले गोताखोरलाई ढलमा पठाउने तयारी गरेपनि खतरा रहेका कारण यो योजनालाई स्थगित गरेका छन् ।
दुई जना उद्धारकर्मीलाई ढलको भित्री भागबाट केही परसम्म पठाएकोमा लेदो र पानीका कारण समस्या भोगेपछि फिर्ता बोलाइएको छ । ढलभित्र मलमुत्रसँगै टायर, कपाल र खाना पकाउने तेलका प्लाष्टिक लगायतका फोहोरको ठूलो अवरोध रहेको उनीहरुले बताएका छन् । अग्नि तथा उद्धार विभागका महानिर्देशक नोर हिशम मोहम्मदले यसलाई उद्धार इतिहासकै चुनौतीपूर्ण घटना भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
फोहोरले भरिएको, अक्सिजन नभएको र निकै अँध्यारो ठाउँमा उद्धार गर्नु निकै चुनौतीपूर्ण काम मानिएको छ । आन्ध्र प्रदेशकी विजया लक्ष्मी परिवारका सदस्यसहित मलेसिया घुम्न गएकी थिइन् । महिलाका परिवार सुखद खबरको प्रतिक्षामा बसेका छन्, तर अवस्था सुखद नरहेको महानिर्देशक मोहम्मदको भनाइ छ । मलेसिया सरकारले महिलाका परिवारको भिसा अवधि थप गरेको छ । यो घटनाले मलेसियाका नागरिकमा डर र आक्रोश पैदा गरेको छ । धेरैले ढल प्रणाली सुधारको माग गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।