अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
विश्वले पर्खिरहेको अमेरिका र उत्तर कोरियाको शिखरवार्ता मंगलबार सुरु भएकाे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबिच सिंगापुरको एक होटलमा वार्ता हुन लागेको हो । वार्ताका लागि राष्ट्रपति ट्रम्प र नेता उन वार्ता स्थलमा पुगेर हात मिलाएका छन् ।
नेपाली समय अनुसार बिहान पौने ७ बजे वार्ता शुरु हुने र वार्तामा राष्ट्रपति ट्रम्प र नेता उनसँग अनुवादक बाहेक कोही पनि नरहने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यसपछि विभिन्न दुई पक्षीय भेटवार्ता र खाना खानेलगायत कार्यक्रम तय भएका छन् ।
२ देशबिच पहिलोपटक हुन लागेको वार्तामा उत्तर कोरियालाई परमाणु अस्त्र निशस्त्रीकरण गराउनु आफ्नो पहिलो उद्देश्य रहेको अमेरिकाले बताएको छ । यसको बदलामा उत्तर कोरीयाको सुरक्षाको ग्यारेण्टी अमेरिकाले गर्ने र विकासका कुरामा पनि जोड दिने अमेरिकाको भनाई छ । अमेरिकाले चीनले चाहेमा वार्ता निष्कर्षमा पुग्ने पनि बताएको छ ।
उत्तर कोरियाली नेता उनले आफ्नो अवको लक्ष्य विकास र सम्बृद्धि हुने बताएका छन् । अन्तराष्ट्रिय लगानीको ग्यारेण्टी पनि खोजेको खबरहरुमा उल्लेख छ ।
दुई देशको वार्तालाई विश्व समुदायले चासो आशा र उत्सुकताका साथ हेरिरहेको छ । २ नेताबीच सहमति भए उत्तर कोरीयाले आणविक हतियारको होड त्यागेमा विश्वमा शान्ति स्थापना हुने विश्व समुदायको आशा र अपेक्षा रहेको विश्वभरिका संचारमाध्यमले जनाएका छन् । यो विश्व कै शान्ति प्रकृयाका लागि टर्निङ प्वाइण्ट हुने विश्वकै नेताहरुको अपेक्षा रहेको खबरमा उल्लेख गरिएको छ ।
विश्वको सर्वाधिक चासो रहेको एक बहुप्रतिक्षित शिखर वार्ताका लागि दुवैजना आइतबार सिङ्गापुर पुगेको समाचार विश्वका सञ्चारमाध्यमहरुको प्रमुख समाचार बनेको थियो । यतिखेर सिङ्गापुरमा विश्वका कैयौँ सञ्चारमाध्यम पुगेका छन् । सिङ्गापुर अवतरण गरेपछिको अति संक्षिप्त कुराकानीमा ट्रम्पले सम्मेलनले कोरियाली प्रायद्धीप र सिंगो संसारलाई नै सकारात्मक सन्देश दिएको बताएका छन् ।
अमेरिकाकी राष्ट्रपति ट्रम्प शिखर वार्ता लगत्तै अमेरिका फर्किनेछन्। उनी मंगलबार बेलुका अमेरिका फर्किने तय भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईटहाउसले जनाएको छ । वार्ता सकेर मंगलबार बेलुका ८ बजे सिंगापुरबाट अमेरिका फर्किने तय भएको हो । त्यसअघि सम्म ट्रम्प केही समय सिंगापुरमै बस्ने अनुमान गरिएको थियो । २ नेताले सामुहिक र बेग्लाबेग्लै भेटवार्तासँगै खाना खानेलगायतका कार्यक्रम छ ।
विश्वकै ध्यान तानेको सिंगापुरले वार्ताका लागि सुरक्षा व्यवस्था कडा पारेको छ । हजारौँ सुरक्षाकर्मी आधुनिक हतियार सहित तैनाथ गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
दुई नेतालाई राखिएका फरक फरक होटल र वार्ता हुने होटलको पनि सुरक्षा अत्यन्तै कडा पारिएको त्यहाँका सरकारी अधिकारीले बताएका छन् ।
२ विशिष्ट ब्यक्तिको सुरक्षामा सिंगापुर सरकारले गोर्खा फौजलाई पनि खटाएको छ । सिंगापुरमा कार्यरत नेपालीहरु रहेको गोर्खा फौजका सिपाही र कमाण्डर दुवै नेताको सुरक्षाका लागि खटिएको सिंगापुरका सरकारी अधिकारीहरुले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको शिखर वार्ताका लागि सिंगापुर सरकारले २० मिलियन सिंगापुर डलर खर्च गर्ने भएको छ । यो नेपाली रुपैया १ अर्ब ६० करोडभन्दा बढी हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।