एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
इजरायलमा बन्धक बनाइएकाहरुको रिहाइको माग गर्दै प्रदर्शन भएको छ । तेल अभिभ र जेरुसेलममा बन्दकको समर्थनमा हजारौँ मानिसहरु सडकमा आएर उनीहरुको रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरूले गाजामा बन्धक बनाएकाहरूलाई फिर्ता ल्याउन विद्रोही समूह हमाससँग सम्झौता गर्न सरकारलाई आग्रह गर्दै जेरुसेलममा रहेको प्रधानमन्त्रीको कार्यालयबाहिर नारा लगाउँदै विरोध गरेका बीबीसीले जनाएको छ ।
यसैबीच, गाजामा बन्धकहरूको रिहाईका लागि इजरायली सरकारलाई दबाब दिन उनीहरुका परिवार तथा आफन्तले आज राष्ट्रव्यापी हड्तालको आह्वान गरेका छन् । बन्धक तथा बेपत्ता परिवार मञ्चले सबै नागरिकलाई हड्ताल सफल बनाउन सहयोग गर्न अपिल गरेको छ ।
तेल अभिभका मेयर रान हुलदाईले आम हड्तालको समर्थन गर्दै प्रदर्शनमा सहभागी हुने बताउनुभएको छ । हमासले बन्धक बनाएका मध्य ६ जनाको शव हिजो बरामद भएपछि अरु बन्धकको अवस्था सार्वजनिक गर्न र उनीहरुलाई जतिसक्दो छिटो रिहाइका लागि पहल गर्न नागरिकहरुले प्रदर्शन शुरु गरेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।