इजरायलमा प्रधानमन्त्री नेतन्याहुविरुद्ध विरोध प्रदर्शन चर्कियाे

 भदौ १७, २०८१ सोमबार ९:४०:४० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ । हजारौँ मानिस सडकमा आएर विरोध प्रदर्शन गरिरहेका छन् । गाजामा बन्धक बनाएका ६ जनाको शव भेटिए पछि हिजोदेखि प्रदर्शन चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारले बन्धकहरूलाई रिहा गर्न विद्रोही लडाकु समूह हमाससँग सम्झौता गर्नुपर्ने नागरिकको मुख्य माग छ ।

तेल अवीव, जेरुसेलम र अन्य धेरै शहरहरूमा इजरायली झण्डा बोकेर प्रदर्शनकारीहरू निस्किएका छन् । हिजो शान्तिपूर्ण रुपमा आन्दोलन शुरु भए पनि  प्रदर्शन चर्किएर तेल अवीवका प्रमुख राजमार्गहरू अवरुद्ध भएका बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री नेतन्याहु र उहाँको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्न पहल नगरेको आरोप प्रदर्शनकारीको छ । गएको वर्ष अक्टोबर ७ तारिखमा इजरायलमा हमासले आक्रमण गरेपछि गाजामा सयौँ मानिसलाई बन्धक बनाएको थियो । यसैबीच इजरायलको ट्रेड युनियनले हमाससँगको सम्झौताका लागि सरकारलाई दबाब दिन भन्दै आज देशव्यापी हडताल गरेको छ । 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया