एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
भारतको तेलङ्गाना र आन्ध्र प्रदेशमा हिजोदेखि लगातार परिरहेको पानीका कारण आएकाे बाढी र डुबानमा परेर नाै जनाको ज्यान गएको छ । अझै केही व्यक्ति डुबानमा परेर हराइरहेका छन् ।
यस क्षेत्रमा हिजैदेखि ठूलो पानी परिरहेकाले जनजीवन प्रभावित भएको छ । धेरै क्षेत्रमा बाढी आएको छ । रेल र बस सेवा प्रभावित भएको छ । तेलङ्गानाका राजस्व मन्त्री पोंगुलेटी श्रीनिवास रेड्डीले सावधानी अपनाउँदासमेत केहीले ज्यान गुमाउनुपरेको बताउनुभएको बीबीसी हिन्दीको खबरमा उल्लेख छ ।
दुवै राज्यमा बाढी प्रभावित क्षेत्रबाट मानिसहरूलाई निकालेर राहत शिविरमा लगिएको छ । उद्धारका लागि सुरक्षाकर्मीसहितको टोली खटाइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले आन्ध्र प्रदेश र तेलङ्गानाका मुख्यमन्त्रीसँग कुरा गरेर प्रभावित क्षेत्रमा केन्द्रबाट आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
तेलङ्गाना र आन्ध्र प्रदेशका धेरै क्षेत्रमा अझै केही दिन लगातार वर्षा भइरहने अनुमान गरिएको छ । जोखिम क्षेत्र र प्रभावित क्षेत्रका बासिन्दालाई साबधानी अपनाउन त्यहाँको मौसम विभागले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।