अगस्ट महिनामा ७२ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आए

 भदौ १७, २०८१ सोमबार १५:८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : नेपाल पर्यटन बाेर्ड

काठमाण्डाै – अस्ति सकिएको अगस्ट महिनामा ७२ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्टमा ७२ हजार सात सय १९ जना पर्यटक भित्रिएका छन् ।

अगस्टमा सबैभन्दा धेरै भारतबाट २५ हजार आठ सय ३२ जना पर्यटक आएका छन् । यस्तै चीनबाट ६ हजार ६ सय १४, अमेरिकाबाट पाँच हजार ६ सय १४, श्रीलङ्काबाट चार हजार आठ सय ५१ र बङ्गलादेशबाट तीन हजार ७७ जना पर्यटक नेपाल आएका छन् ।

यसैगरी जापानबाट एक हजार आठ सय ८१, दक्षिण कोरियाबाट एक हजार ६ सय दुई, इटालीबाट एक हजार ६ सय १५, स्पेनबाट एक हजार पाँच सय ८०, बेलायतबाट दुई हजार सात सय ६४, अस्ट्रेलियाबाट एक हजार सात सय ६३ जना आएका छन् ।

गएको वर्षको अगस्टमा भन्दा यस वर्षको अगस्टमा पाँच हजार जनाभन्दा धेरै पर्यटक आएका हुन् । गएको वर्षको अगस्टमा ६७ हजार एक सय ५३ जना पर्यटक आएका थिए । यस्तै कोरोना महामारी शुरू हुनुअघि सन् २०१९ को अगस्टमा ९४ हजार सात सय ४९ जना पर्यटक आएका थिए ।

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया