एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को सदस्य देश मङ्गोलियाको भ्रमण गर्नु हुने भएको छ ।
नेदरल्यान्ड्सकाे हेगमा रहेको संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय फौजदारी अदालतले पुटिनविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । आईसीसीका सदस्य देशहरूले आफ्नो देशमा आएका दोषीलाई पक्राउ गर्नुपर्ने बाध्यकारी नियम छ । तर पुटिन भने भोलि मङ्गोलियाको भ्रमणमा जान लाग्नुभएको र पक्राउको कुनै सम्भावना नरहेको कतारी सञ्चारमाध्यम अलजजीराले जनाएको छ ।
युक्रेनमा आक्रमण गरेर सयौं मानिसको हत्या र पूर्वाधारमा आक्रमण गरेको आरोपमा गएको वर्षको मार्चमा आईसीसीले पुटिनविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएपछि पुटिन पहिलो पटक आईसीसीका सदस्य देशको भ्रमणमा जान लाग्नुभएको हो ।
रुसी राष्ट्रपतिको कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले भ्रमणको बारेमा कुनै चिन्ता नभएको बताउनुभएको रुसी समाचार संस्था तासले जनाएको छ । मङ्गोलियाका राष्ट्रपति उखना खुरेलसुखको निमन्त्रणामा भ्रमण हुन लागेको हो । ‘हामी मङ्गोलियाका साथीहरूसँग अद्भुत संवाद गर्छाैं’, पेस्कोभले भन्नुभएको छ । तर पुटिन युद्ध अपराधी हुन् भन्नेमा मङ्गोलिया सचेत रहेको र पक्राउ पर्नेमा आशावादी रहेको युक्रेनी विदेश मन्त्रालयले जनाएको छ ।
पक्राउ पूर्जी जारी भएदेखि पुटिनले अहिलेसम्म आईसीसी सदस्य देशहरुमा यात्रा गर्नुभएको छैन । गएको वर्ष दक्षिण अफ्रिकामा भएको जी सेभेन सम्मेलनमा भाग लिने तयारी गरे पनि दक्षिण अफ्रिकाले पक्राउ गर्नुपर्ने बाध्यताबाट बच्न पुटिनलाई सम्मेलनमा नआइदिन आग्रह गरेको थियो । बारम्बारको आग्रहपछि पुटिन जी सेभेन सम्मेलनमा जानुभएको थिएन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।