जलवायु परिवर्तन : हिमाल उक्लिँदै मनसुनी वायु
भदौ २३, २०८१ आइतबार
काठमाण्डाै – इजरायलका लागि प्रस्तावित राजदूत प्राध्यापक धनप्रसाद पण्डितले आफूले कृषि, सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासमा केन्द्रित भएर काम गर्ने बताउनुभएको छ ।
संसदीय सुनुवाइ समितिको आजकाे बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत पण्डितले सबै प्रदेशमा इजरायलसँग सहकार्य गरेर कृषि केन्द्रमार्फत सहकार्यमा काम गर्ने वातावरण निर्माणमा पनि आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालले कृषि क्षेत्रलाई समुन्नत बनाउन सके ठूलो उपलब्धि हुने आफूले देखेकाले त्यही उद्देश्य पूरा हुने गरी आफूले काम गर्न चाहेको उहाँकाे भनाइ थियाे ।
प्रस्तावित राजदूत पण्डितले आफूले इजरायल र हमासबीचको युद्धविराम गराउनका लागि कूटनीतिक पहल गर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।