एन्फा महिला लिगमा बाग्मतीले सुदूरपश्चिमलाई हरायो, अस्मिता खवाशको 'ह्याट्रिक'

 भदौ १७, २०८१ सोमबार १८:१८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – एन्फा महिला लिग फुटबलमा बाग्मती युथ क्लबले सुदूरपश्चिम प्रदेशलाई हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा बाग्मतीले सुदूरपश्चिमलाई ५–१ गोलले हरायो । बाग्मतीका लागि अस्मिता खवाशले ह्याट्रिक गरिन् । यस्तै सहारा लिम्बु र आरती भुजेलले समान एक गोल गरे । सुदूरपश्चिमका लागि तुल्छा बोहराले एक गोल फर्काइन् ।

प्रतियोगितामा भोलि रौतहटको चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेश खेल्दैछन् । एन्फा महिला लिगमा १० वटा टोली सहभागी छन् । प्रतियोगिताको पहिलो चरणमा सबै टोलीले एकअर्कासँग खेल्नेछन् । पहिलो चरणमा शीर्ष ५ मा रहने टोलीबीच फेरि डबल राउन्ड रोबिनका आधारमा सुपर लिग खेलाइने छ । सुपर लिगमा उत्कृष्ट चार टोलीबीच क्वालिफायर, इलिमिनेटर र फाइनल हुनेछ ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी लिगको सर्वाेत्कृष्ट खेलाडीले एक लाख, फेयर प्ले टोलीले एक लाख ५० हजार र विधागत उत्कृष्ट टोलीलाई जनही ५० हजार रुपैयाँ दिने एन्फाले जनाएको छ ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया