सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
काठमाण्डाै – दाेस्राे तथा अन्तिम टेस्ट क्रिकेटमा पाकिस्तानले बङ्गलादेशलाई १ सय ८५ रनकाे लक्ष्य दिएकाे छ ।
पाकिस्तान दाेस्राे पारीमा १ सय ७२ रनमा अल आउट भएसँगै बङ्गलादेशले १ सय ८५ रनकाे लक्ष्य पाएकाे हाे । दाेस्राे पारीमा पाकिस्तानका लागि अघा सलमानले नट आउट ४७ र मोहम्मद रिजवानले ४३ रन बनाए । बलिङतर्फ बङ्गलादेशका हसन महमुदले ५ र नहिद रानाले ४ विकेट लिए ।
पाकिस्तानले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले चौथो दिनको खेल सकिँदा १ विकेट पनि नगुमाई ४२ रन बनाएको छ । बङ्गलादेशका जाकिर हसन ३१ र शादमन इस्लाम ९ रनमा नट आउट छन् ।
पाकिस्तानले पहिलो पारीमा २ सय ७४ रन बनाएको थियो । यस्तै बङ्गलादेशले २६ रनमा ६ विकेट गुमाएको अवस्थाबाट २ सय ६२ रन जोडेको थियो ।
यो खेल जितेमा बङ्गलादेशले इतिहास रच्ने छ । बङ्गलादेशले अहिलेसम्म पाकिस्तानसँगको टेस्ट शृङ्खला जितेको छैन । पाकिस्तानलाई भने 'क्लिन स्वीप' को डर छ । पहिलो टेस्टमा पाकिस्तानलाई १० विकेटले हराउँदै बङ्गलादेशले इतिहास रचेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।