गण्डकी सरकारका मन्त्री दीपक मनाङेद्वारा राजीनामा

 भदौ १७, २०८१ सोमबार १८:१४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – गण्डकी प्रदेश सरकारका मन्त्री राजीव गुरुङले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई स्वकीय सचिवमार्फत पत्र पठाएर दीपक मनाङेका नामले चर्चित राजीव गुरुङले मन्त्रीबाट राजीनामा दिनुभएको हो ।

आज सरकार पुनर्गठन हुँदा मनाङेलाई मुख्यमन्त्री पाण्डेले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो । तर वन मन्त्रालयमा केही कामै नहुने र बजेट पनि थोरै हुने भएकाले अल्छीलाग्दो मन्त्रालयमा नबस्ने मनाङेले बताउनुभएको छ । आफूलाई अहिले मन्त्री बन्न अल्छी लागेको पनि उहाँको भनाइ छ ।

यसअघि मनाङे भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हुनुहुन्थ्यो । विगतमा दुई पटक विश्वासको मत दिएर सरकार जोगाएका मनाङेलाई मन्त्री बनाइरहने अडान लिएका मुख्यमन्त्री पाण्डेले हिजो मन्त्रालयसमेत फुटाएर ७ वटाबाट ९ वटा पुर्‍याउनुभएको थियो ।

मनाङेले आफ्नो साटो मनाङबाट निर्वाचित प्रदेश सांसद मुनिन्द्रजङ्ग गुरुङलाई मन्त्री बनाउन पनि सुझाव दिनुभएको छ ।

अन्तिम अपडेट: भदौ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया