जलवायु परिवर्तन : हिमाल उक्लिँदै मनसुनी वायु
भदौ २३, २०८१ आइतबार
काठमाण्डाै – पाकिस्तानका लागि प्रस्तावित राजदूत रीता धितालले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सम्मेलन आयोजनाका लागि आफूले काम गर्ने बताउनुभएको छ । सन् २०१६ देखि नेपाल अध्यक्ष राष्ट्र रहेको सार्क सम्मेलन स्थगित हुँदै आएको र त्यसलाई शुरू गराउने नेपाल सरकारकाे धारणाअनुसार आफूले त्यसमा पहलकदमी लिने उहाँको योजना छ ।
संसदीय सुनुवाइ समितिको आजकाे बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत धितालले सार्कलाई क्रियाशील बनाउनेबारेमा सरकार प्रष्ट भएकाे उल्लेख गर्दै आफूले त्यहीअनुसार काम गर्ने बताउनुभयो । सार्कको क्षेत्रीय राष्ट्रहरूबीचको आर्थिक, सामाजिक, सांस्कृतिक र वैज्ञानिक क्षेत्रको विकासमा महत्त्व रहेको कुरालाई सम्बन्धित राष्ट्रहरूले स्वीकार गरेकाले यसलाई चलायमान बनाएर लैजान जोड दिनुपर्ने उहाँकाे भनाइ छ ।
प्रस्तावित राजदूत धितालले नेपालको क्रिकेट खेलको विकासमा पाकिस्तानको सहयोगका लागि पनि आफूले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।