एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा मृत फेला परेका ६ जना बन्धकहरूलाई फिर्ता गर्न असफल भएकोमा माफी माग्नुभएको छ । विद्रोही समूह हमासको नियन्त्रणमा रहेका सबैलाई रिहाइका लागि पहल गर्न र दबाब दिन भन्दै देशभर आन्दोलन र विरोध प्रदर्शन हुन थालेपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको यस्तो प्रतिक्रिया आएको बीबीसीले जनाएको छ ।
उहाँले युद्धविरामका लागि प्रयास गरिरहेको तर युद्धविराम गर्न ढिला भइरहेकामा अरु बन्धकहरुको पनि आफन्तलाई शव पठाइदिने भन्दै हमासले चेतावनी दिएको बताउनुभयो । बेलायतले उपकरण तथा हातहतियार जथाभावी प्रयोग भइरहेकाले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हुने जोखिमलाई ध्यानमा राखेर इजरायललाई केही हतियार बिक्री गर्न बन्द गरेको थियो ।
यस कदमले पनि इजरायललाई युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना भएको मानिन्छ । तर इजरायलका प्रधानमन्त्रीले गाजाको एक क्षेत्र सेनाको नियन्त्रणमा रहनुपर्ने अडान राखेकाले हमाससँगको पटकपटकको वार्ता असफल हुँदै आएको छ ।
यही क्रममा गएको अक्टोबरदेखि शुरू भएको युद्धका क्रममा बन्धक बनाइएकालाई फिर्ता गर्न सरकारले आवश्यक पहल नगरेको भन्दै आफन्त लगायतले देशव्यापी विरोध प्रदर्शन चर्काएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।