सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – एन्फा महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदैछ । पहिलो खेलमा झापाको चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेश खेल्दैछन् । यो खेल एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा दिउँसो साढे १२ बजे शुरू हुनेछ । यस्तै आजको दोस्रो खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् । यो खेल दिउँसो सवा ४ बजे एन्फा कम्प्लेक्समै शुरू हुनेछ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा ) को आयोजना अस्तिदेखि शुरू भएको लिगमा १० टोली सहभागी छन् । उद्घाटन खेलमा कोशी प्रदेशले स्याङ्जाको वालिङ नगरपालिकालाई ४–० गोलले र हिजो भएको खेलमा बाग्मतीले सुदूरपश्चिम प्रदेशलाई ५–१ गोलले हराउँदै विजयी सुरुवात गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।