एन्फा महिला लिगमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशकाे बराबरी

 भदौ १८, २०८१ मंगलबार १५:२५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – एन्फा महिला लिग फुटबलको आजको पहिलो खेलमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले बराबरी खेलेका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा झापाको चन्द्रपुर र कर्णाली प्रदेशले १–१ गोलको बराबरी खेलेका हुन् । चन्द्रपुरका लागि रजनी थोकर र कर्णालीका लागि सुनकला राईले गोल गरिन् ।

यस्तै आजको दोस्रो खेलमा दिउँसो ४ बजे विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा ) को आयोजना अस्तिदेखि शुरू भएको लिगमा १० वटा टोली सहभागी छन् ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया