नेपाल र श्रीलङ्का डेभलपमेन्ट स्क्वायडबीचको पहिलो अभ्यास खेल रद्द

 भदौ १८, २०८१ मंगलबार १६:३५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलङ्का डेभलपमेन्ट स्क्वायडबीचको पहिलो एकदिवसीय अभ्यास खेल रद्द भएको छ । वर्षाका कारण नेपाल र श्रीलङ्का डेभलपमेन्ट स्क्वायडबीचको खेल टस पनि नभई रद्द भएको हो ।

नेपाल र श्रीलङ्का डेभलपमेन्ट स्क्वायडबीचको दोस्रो अभ्यास खेल भोलि र तेस्रो तथा अन्तिम अभ्यास खेल आउँदो शुक्रवार हुनेछ । आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि नेपाली टोली श्रीलङ्का गएको हो ।

लिग–२ मा नेपालले यही सेप्टेम्बरमा क्यानडामा हुने त्रिदेशीय एकदिवसीय शृङ्खलामा घरेलु टोलीसँगै ओमानसँग खेल्नेछ । यसपछि नेपाली टोलीले आउँदो अक्टोबरमा अमेरिकामा हुने त्रिदेशीय एकदिवसीय शृङ्खलामा घरेलु टोलीसँगै स्कटल्यान्डसँग खेल्नेछ ।

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया