जलवायु परिवर्तन : हिमाल उक्लिँदै मनसुनी वायु
भदौ २३, २०८१ आइतबार
काठमाण्डाै – पेरिस पारालिम्पिकमा ऐतिहासिक पदक विजेता पलेशा गाेवर्धनले आफूमा विश्वास गर्नु नै आफ्नो सफलताकाे आधार भएकाे बताएकी छिन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आज आयोजित आफ्नो स्वागत र बधाई कार्यक्रममा पलेशाले पेरिस पारालिम्पिकमा कांस्य पदक जित्नुको आधार नै आफूमाथि विश्वास गर्नु रहेको बताएकी हुन् ।अब गर्वका साथ हामीले नेपालसँग पनि ओलम्पिकको पदक छ भन्न सक्ने अवस्था रहेको उनले बताइन् । आफूबाट देशले पदकको आशा गरेको उल्लेख गर्दै उनले कठिन क्षणमा आफूमाथि विश्वास गर्दा पदक सम्भव भएको सुनाइन् ।
पलेशाले पेरिस परालिम्पिकमा तेक्वान्दाेकाे के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै कांस्य पदक जितेकी थिइन् । ओलम्पिकमा नेपालकाे याे पहिलाे पदक हाे । पलेशाले पारा एशियाली खेलकुदमा पनि कांस्य पदक जितेकी छिन् ।
यस्तै प्रशिक्षक कविराज नेगीले अब नेपालले पनि ओलम्पिकमा पदक जित्न सक्छ भन्ने प्रमाणित भएको बताएका छन् । प्रशिक्षक नेगीले मेहनत गर्याे भने ओलम्पिकमा पदक ल्याउन सक्छौं भन्ने पलेशाले प्रमाणित गरेको बताए ।
राखेपका सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदको एउटा सपनालाई विपनामा परिवर्तन भएको र यो सफलता प्राप्त गर्न धेरै सङ्घर्ष रहेको धारणा व्यक्त गर्नुभयाे । ओलम्पिकमा पाइला चालेको दशकपछि पलेशाले नयाँ इतिहास रचेको उहाँले बताउनुभयाे ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदक जितेर पलेशाले विश्वमाझ नै देशको शिर उच्च पारेकोमा धन्यवाद व्यक्त गर्दै राष्ट्रको गौरव निर्माण गर्न सबैभन्दा पहिला खेलाडी र प्रशिक्षकलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।