इपीएस सम्झौताको १७ वर्ष : अघिल्लो वर्ष दक्षिण कोरियामा धेरै का...
भदौ २३, २०८१ आइतबार
काठमाण्डाै – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बैंकबाट कम ब्याजमा रकम लिएर बढी ब्याज खान सहकारीमा पैसा राख्नेहरूले आन्दोलन गरेको आरोप लगाउनुभएको छ ।
आज काठमाण्डाैमा सहकारी पत्रकार समाजको १४ औं स्थापना दिवस कार्यक्रममा मन्त्री अधिकारीले बढी ब्याज खान खोज्नेहरूले नै सहरकारी पीडितको अगुवाइ गरेर आन्दोलन गरिरहेको दाबी गर्नुभयो । उहाँले सहकारी सबै खराब हुन् भनेर नागरिकलाई बुझाइएको भन्दै यसलाई चिर्न आवश्यक रहेको बताउनुभयो । उहाँले कसैले स्वार्थ पूरा गर्न लागेका सहकारी देखाएर सबै सहकारी नराम्रो हो भन्ने भाष्य बनाउन खोजिएको दाबी गर्नुभयो ।
मन्त्री अधिकारीले सरकारले सहकारीका समस्या समाधानका लागि सहकारी अगुवा र पीडित नागरिकका सुझाव लिएर काम अघि बढाइरहेको उल्लेख गर्नुभयाे । उहाँले सहकारी पीडितसँग भएको आठ बुँदे सहमतिमा सरकारले सात वटा काम थालनी गरेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।