३ वटा प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

 भदौ १९, २०८१ बुधबार १८:२६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा शुरू हुने भएको छ । योसँगै तीन वटा प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा शुरू हुन लागेको हो ।

सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा शुरू गर्न चितवनको भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सघाउने भएको हो । क्यान्सर उपचार सेवा शुरू गर्न बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालत र सेती प्रादेशिक अस्पतालबीच सम्झौतामा भएको हो ।

यसअघि यस्तो सेवाका लागि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तर्फबाट सुर्खेत प्रादेशिक अस्पताल तथा कोशी प्रदेश अस्पतालसँग सम्झौता भइसकेको छ । गण्डकी र मधेश प्रदेशमा समेत यो सेवा चाँडै विस्तार गर्ने तयारी छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गएको असार ३१ गते पदभार सम्हाल्दा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गर्नुभएको थियो । जसले क्यान्सर उपचार सेवालाई सातै प्रदेशमा विस्तार गर्ने लक्ष्य राखेको छ ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया