शिलान्यासको ६ वर्ष पुगे पनि नवलपरासीको नमुना सदरमुकाम निर्माण अलपत्र

 भदौ २०, २०८१ बिहीबार १२:२७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमुना सदरमुकाम निर्माण अलपत्र बनेको छ । कावासोती नगरपालिका–३ मा नमुना सदरमुकाम निर्माण हुने क्षेत्रमा रहेका रुख कटान नहुँदा काम अगाडि बढ्न नसकेको हो ।

आयोजना सम्पन्न गर्ने जिम्मेवारी पाएको शहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय चितवनले निर्माण अघि बढाउनुअघि रुख कटानको आदेश पर्खिरहेको कार्यालयका इन्जिनियर द्रोण कट्वालले बताउनुभयो ।

नवलपुरको सदरमुकाम निर्माणका लागि एक सय ८४ बिघा जग्गा सरकारको नाममा ल्याइएको छ । यो जग्गामा सङ्घ र प्रदेशका सबै कार्यालय निर्माण गर्ने योजनाका साथ वि.सं. २०७६ वैशाख ७ गते नमुना सदरमुकामको शिलान्यास गरिएको थियो । शिलान्यास भएको ६ वर्षको अन्तरालमा बल्ल भवन निर्माणको काम अघि बढ्न थालेको छ । आयोजनाको लागत १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रुपैयाँ  रहेको छ ।

अन्तिम अपडेट: पुस १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया