सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
काठमाण्डाै – मुख्यसचिव एकनारायण अर्यालले सङ्घीय निजामती विधेयकलाई छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजकाे बैठकमा मुख्यसचिव अर्यालले सङ्घीय निजामती विधेयक आउन नसक्दा कर्मचारी प्रशासनमा धेरै समस्या भएको र कर्मचारी प्रशासनलाई चुस्त दुरुस्त पार्नका लागि विधेयक अत्यावश्यक भएको बताउनुभयो । सङ्घीय निजामती कानून नहुँदा प्रदेशले आफ्नो काम गर्न नसकेको उहाँको भनाइ छ ।
जनशक्तिको व्यवस्थापन हुन नसक्दा सङ्घदेखि पालिका तहसम्म नै सेवा प्रवाहमा समस्या उत्पन्न भइरहेको अर्यालले बताउनुभयो । यस्तै कर्मचारीका वृत्ति विकास लगायतका विषयहरूमा ज्यादै अफ्ठ्यारो परेको पनि उहाँको भनाइ छ ।
राजनीतिक रूपमा सङ्घीयता आए पनि प्रशासनिक हिसाबमा सङ्घीयतामा जान नसक्दा सेवा प्रवाहमा असर परेको मुख्यसचिव अर्यालले बताउनुभयो । उहाँले विधेयक छिटो पारित नभएमा प्रभावकारी रूपमा सेवा प्रवाह गर्न नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राजनीतिक रूपमा सङ्घीयता आयो तर प्रशासनिक हिसाबमा हामी सङ्घीयतामा जान सकेनाैँ । त्यसले गर्दा सेवा प्रवाहमा असर पर्याे । प्रदेशले आफ्नो उपस्थिति देखाएर काम गर्न सकेको स्थिति छैन । किनभने जनशक्तिको व्यवस्थापन गर्न सकेनाैँ । त्यस्तै पालिका तहमा वडा कार्यालयहरूमा पनि सेवा प्रवाहमा समस्या छ । सङ्घीय निजामती सेवा ऐनमा प्रदेश र पालिका तहको कर्मचारी व्यवस्थापन गर्नुपर्ने विषय थियो, त्यो विषय हामीले गर्न सकेनाैँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।