बाढी पीडित जलविद्युत् आयाेजनाका माग पूरा गर्न नसके हात उठाउनुस् : इप्पान अध्यक्ष कार्की

 भदौ २०, २०८१ बिहीबार १८:३३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बाढी पीडित जलविद्युत् आयाेजनाका माग पूरा गर्ने भए छिटो पूरा गरिदिन र नत्र सक्दिनँ भनेर हात उठाउन आग्रह गर्नुभएको छ ।

आज मन्त्रालयमा भएको छलफलमा अध्यक्ष कार्कीले सरकारले आश्वासन मात्र दिएकाले माग पूरा नगर्ने हो भने सक्दिनँ भनेर हात उठाउनुपर्ने बताउनुभएको हो । बाढी प्रभावित आयोजनाले फोटो, भिडियोसहितका प्रमाण ल्याएर मन्त्रालयमा पेश गरे पनि राहत नपाएको उहाँको भनाइ छ । आयोजना मर्मतका लागि आउने सामानमा भन्सार छुटसमेत नपाउनु दुःखद भएको उहाँको भनाइ छ ।

इप्पानका अध्यक्ष कार्कीले दैवी प्रकोप, विस्फोटक पदार्थकाे अभाव, रुस–युक्रेन युद्धका कारण सामान आयातमा भएको अवरोध, वन तथा भूमिसँग सम्बन्धित समस्याका कारण तोकिएको समयमा कुनै पनि जलविद्युत् आयोजना पूरा हुन नसकिरहेकोले सबै आयोजनाको व्यापारिक विद्युत् उत्पादन शुरू गर्नुपर्ने मितिको म्याद दुई वर्ष थप गर्न पटक पटक सबै निकायमा पहल गर्दा पनि काम नभएको गुनासाे गर्नुभयाे ।

छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले इप्पानले उठाएका सबै विषयवस्तुमा मन्त्रालय गम्भीर रहेको बताउनुभयो ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया