एन्फा महिला लिगमा वालिङ नगरपालिकाले कर्णाली प्रदेशलाई हरायाे

 भदौ २०, २०८१ बिहीबार १८:३२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – एन्फा महिला लिग फुटबलमा स्याङ्जाकाे वालिङ नगरपालिकाले कर्णाली प्रदेशलाई हराएकाे छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएकाे दाेस्राे खेलमा वालिङले कर्णालीलाई ४–० गोलले हरायो । वालिङकी ज्याकलिन नसालीले ह्याट्रिक गरिन् । यस्तै सुक्रिया मियाले एक गोल गरिन् ।

यस्तै आज भएकाे पहिलाे खेलमा कोशी प्रदेशले बाग्मती युथ क्लबलाई २–१ गोलले हरायो । कोशीका लागि समिक्षा मगरले एक गोल गरिन् भने एक गोल आत्मघाती भएको थियो । बाग्मती युथकी विष्णुमाया बलले एक गोल फर्काइन् ।

एन्फा महिला लिग फुटबलमा आजदेखि दोस्रो चरणका खेल शुरू भएको हो । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को आयोजना भएको लिगमा १० वटा टोली सहभागी छन् ।

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया