सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
काठमाण्डाै – अहिले देशका धेरै ठाउँमा पानी परिरहेको छ । पानी पर्ने प्रणाली विशेषगरी लुम्बिनी प्रदेशमा सक्रिय छ । ती क्षेत्रमा मध्यम तथा ठूलो वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पाल्पाको जाल्पा, कुमलगाउँ, गैँडाकोट र आसपास ठूलो वर्षा मापन भएको छ । रुपन्देहीको तिलोत्तमा आसपासको क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले त्यस क्षेत्र भएर बग्ने तिनाउ नदी र यसका सहायक नदीमा बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेलाई बिहान १० बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै कपिलवस्तुको कोइली नदी वाणगङ्गा जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रको डुबान भइरहने होचा भागमा रहनेलाई बिहान ९ बजेसम्म सतर्कता अपनाउन भनिएको छ ।
यस्तै प्युठानको लुङ्ग्री नदी, खुङ्ग्री जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।