सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
काठमाण्डाै – सरकारले पेरिस पारा ओलम्पिक २०२४ मा नेपाललाई पदक दिलाउने पलेशा गोवर्धनलाई वितरण गर्ने पुरस्कार रकममा कर छुट दिने निर्णय गरेको छ ।
हिजो बेलुका बसेको मन्त्रिपरिषद् बैठकले पलेशालाई दिइने ६५ लाख रुपैयाँ पुरस्कारमा कर छुटको निर्णय गरेको हो । पलेशालाई ६५ लाख, उनका प्रशिक्षकलाई ५ लाख ८५ हजार र टिम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।
अस्ति बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल पलेशालाई सरकारले पुरस्कार राशिको कर कट्टा नगर्ने घोषणासमेत गर्नुभएको थियो ।
पेरिस पारा ओलम्पिक अन्तर्गत गएको भदौ १४ गते शुक्रवार सम्पन्न तेक्वान्दाेकाे के–४४ विधा अन्तर्गत महिला ५७ केजी तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्बियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी थिइन् ।
यसैबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई राखेपमा सेवा गर्ने गरी प्रशिक्षक (अधिकृत तृतीय) मा नियुक्तिका लागि सिफारिश गरेको छ । राखेपले लामाकाे नाम युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिश गरेको हो । विगतमा पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी तथा उनीहरूका प्रशिक्षकलाई सफलताको कदरस्वरूप राखेपमा सेवा गर्ने गरी नियुक्ति दिने प्रचलन थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।