सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
काठमाण्डाै – बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज एक खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।
निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत एक खर्ब रुपैयाँ तरलता खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ । यसअघि भदौ २ गते राष्ट्र बैंकले खिचेको एक खर्ब रुपैयाँ आज परिपक्व हुँदैछ । आज नै राष्ट्र बैंकले २१ दिनका लागि एक खर्ब खिच्न लागेको हो ।
राष्ट्र बैंकले यसअघि भदौ १२ गते २२ अर्ब २० करोड र भदौ १९ गते ३७ अर्ब ८० करोड रुपैयाँ लिएको थियो । गएको साउनपछि नेपाल राष्ट्र बैंकले २ खर्ब ४६ अर्ब ४० करोड रुपैयाँ तरलता लिइसकेको छ । यसबाहेक स्थायी निक्षेप सुविधाअन्तर्गत ५६ खर्ब ७५ अर्ब १० करोड रुपैयाँ तललता खिचेको छ ।
निक्षेप बढिरहेको बेला कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता अर्थात् ऋण दिन मिल्ने रकम थुप्रिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।