नेपालमा एक वर्षमा ७ हजार २ सय २३ जनाले आत्महत्या गरे

 भदौ २३, २०८१ आइतबार १८:२८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. घिमिरे

काठमाण्डाै – नेपालमा आर्थिक वर्ष २०८०/०८१ मा सात हजार दुई सय २३ जनाले आत्महत्या गरेका छन् । विश्व आत्महत्या रोकथाम दिवसको सन्दर्भमा काठमाण्डाैमा आज आयोजित कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आत्महत्याको विवरण सार्वजनिक गरेको हो ।

महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले नेपालमा दिनमा औसत २० जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाएको बताउनुभयो । नेपालमा १५ देखि ४५ वर्षका प्रजजन उमेर समूहका महिलाहरूको मृत्युको पहिलो कारण आत्महत्या रहेको पनि घिमिरेले बताउनुभयो ।

आत्महत्याको कारणमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक र आर्थिकलगायत रहेका छन् । विश्वमा मृत्युका कारणहरूमध्ये आत्महत्या १५ औं कारण रहेको छ । विश्वमा ७७ प्रतिशत आत्महत्याका घटनाहरू अति कम र मध्यम आर्थिक अवस्था भएका देशमा हुने गरेका छन् ।

‘आत्महत्या दिवसबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलाँै भन्ने नारासहित’ आउँदो मङ्गलवार विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै छ ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया