ग्लोबल आईएमईको १८औं वार्षिकोत्सवको अवसरमा विद्यार्थी लक्षित वित्...
पुस १४, २०८१ आइतबार
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले चिनियाँ विद्युतीय गाडीको आयातमा ३६ प्रतिशतसम्म कर लगाउने योजनामा युरोपेली सङ्घ (ईयू) ले पुनर्विचार गर्न आवश्यक रहेको बताउनुभएको छ । आज स्पेनी प्रधानमन्त्रीले कर लगाउने योजनामा पुनर्विचार गर्न आवश्यक रहेको बताउँदै दुई आर्थिक शक्तिबीच सम्झौता गर्न आह्वान गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।
युरोपेली आयोगले गएको महिना चीनबाट आयात हुने विद्युतीय गाडीमा पाँच वर्षका लागि ३६ प्रतिशतसम्म कर लगाउने घोषणा गरेको थियो । त्यसलगत्तै बेइजिङले चीनमा आयात गरिएका केही दुग्ध उत्पादनहरूमा ईयूको अनुदानबारे अनुसन्धान शुरू गर्ने बताएको थियो । रचनात्मक ढङ्गबाट चीन र युरोपेली आयोगबीच सम्झौता गरेर समाधान खोज्ने प्रयास गर्ने उहाँको भनाइ छ ।
यसैबीच स्पेनी प्रधानमन्त्री सान्चेजले चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङ लगायत शीर्ष अधिकारीहरूसँग भेट गरेर संवाद र सहयोगको आह्वान गर्नुभएको छ । युरोपेली सङ्घ र चीनबीच बढ्दो व्यापारिक तनावबीच सान्चेजले चीनको भ्रमण गर्नुभएको हो ।
चीन र युरोपेली सङ्घबीच पछिल्ला वर्षहरूमा व्यापार, प्रविधि र राष्ट्रिय सुरक्षासम्बन्धी विभिन्न मुद्दाहरूमा मतभेद चलिरहेको छ । युरोपेली आयोगका एक अधिकारीले ईयू चीनसँगको व्यापारिक विवाद समाधान गर्न तयार रहेको र वार्ताका लागि अन्य आवश्यक पहल चीनमा निर्भर गर्ने बताउनुभयो ।
चीनले ईयूको अतिरिक्त शुल्क योजनाविरुद्ध विश्व व्यापार सङ्गठनमा अपिल गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।