एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
लेबनानमा लडाकु समूह हिजबुल्लाहका सदस्यहरूले आपसमा सञ्चारका लागि प्रयोग गर्ने हाते पेजरहरू विस्फोट हुँदा १२ जनाको ज्यान गएको छ । सञ्चार सेटहरू एकैसाथ पड्किएर भएको घटनामा दुई हजार आठ सय जना घाइते भएका बीबीसीले जनाएको छ ।
ज्यान गुमाउनेमा हिजबुल्लाह सांसद अलि अमरका छोरा र अर्का एक नेताकी १० वर्षीया छोरी पनि रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । लेबनानमा कार्यरत इरानी राजदूत पनि घाइते भएका छन् । घाइते भएकामध्ये धेरैजसोको कम्मर, अनुहार, आँखा र हातमा चोट लागेको छ ।
हिजबुल्लाहले विस्फोटका लागि इजरायल जिम्मेवार रहेको आरोप लगाउँदै घटनाको बदला लिने चेतावनी दिएको छ । पेजर विस्फोटनको घटनाबारे इजरायली सेनाले भने प्रतिक्रिया दिन अस्वीकार गरेको छ । तर सीएनएनले इजरायली गुप्तचर निकाय र सेनाले संयुक्त रूपमा आक्रमण गरेका जनाएको छ ।
हिजबुल्लाहले मोबाइल फोन ह्याक हुने र त्यसमा गरिएको कुराकानी ट्र्याक हुने जोखिम रहेको भन्दै पेजर प्रयोग गर्दै आएको छ । विस्फोट भएका पेजरहरू केही समयअघि मात्र हेजुबल्लाहले आपूर्ति गरेको थियो । विस्फोट हुनुअघि ती पेजरहरू निकै तातेका थिए । तर पेजर ह्याक गरेर त्यसलाई धेरै तातो बनाइए पनि ती विस्फोट नहुने विज्ञहरू बताउँछन् । वाल स्ट्रिट जर्नलले पेजर निर्माणका क्रममै विस्फोटक वस्तु राखेको हुनसक्ने उल्लेख गरेको बीबीसीले जनाएको छ ।
लेबनान र उसको सहयोगी देश इरान दुवैले घटनाको कडा शब्दमा विरोध गरेका छन् । प्यालेस्टिनी विद्रोही समूह हमासलाई सहयोग गरेको आरोपमा इजरायलले हिजबुल्लाहमाथि पनि आक्रमण गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।