सुडानमा हैजाका कारण ज्यान गुमाउनेको सङ्ख्या ४ सय ३० नाघ्यो

 असोज १०, २०८१ बिहीबार ९:२८:४५ | एजेन्सी
unn.prixa.net

एजेन्सी

सुडानमा हैजाका कारण ज्यान गुमाउनेको सङ्ख्या चार सय ३० नाघेको छ । हैजा प्रकोपका कारण झन्डै १४ हजार मानिस बिरामी भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । गर्भवती र बालबालिका सबैभन्दा धेरै प्रभावित भएकामा हैजाका कारण जनवरीदेखि अगस्टको बीचमा एक सय १४ गर्भवतीको ज्यान गएको रिपोर्ट सार्वजनिक भएको छ ।

देशमा गृहयुद्ध चरिरहेकाले हैजामुक्त गर्न प्रयास गरे पनि सफल नभएको मन्त्रालयको भनाइ छ । सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिलोका अनुसार देशमा द्वन्द्वको अवस्थाका कारण आवश्यक परेकालाई स्वास्थ्य सेवा उपलब्ध गराउन निकै कठिन छ ।

सुडानका स्वास्थ्यमन्त्री हैथम मोहम्मद इब्राहिमले गएको अगस्टमा हैजाको प्रकोप भएको घोषणा गर्नुभएको थियो । युद्धसँगै ठूलो वर्षा, बाढी र विस्थापित शिविरमा भीडभाडका कारण हैजाका बिरामी बढेका खबरमा उल्लेख छ । रोग फैलिन नदिन धेरै ठाउँमा विद्यालय र बजार बन्द छन् । गएको वर्षदेखि अहिलेसम्म यो द्वन्द्वमा डेढ लाख मानिसने ज्यान गुमाएका बीबीसी हिन्दीले जनाएको छ ।

अप्रिल २०२३ देखि सुडानमा सेना र शक्तिशाली अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच सत्ता संघर्ष चलिरहेको छ । जसका कारण झन्डै ९० लाख मानिसले आफ्नो घर छाड्नु परेको छ । त्यहाँ भोकमरीको त्रास पनि बढेको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया