लेबनान–इजरायल सीमामा २१ दिने युद्धविराम गर्न अमेरिका र युरोपेली संघको आह्वान

 असोज १०, २०८१ बिहीबार १२:२४:५० | एजेन्सी
unn.prixa.net

एजेन्सी

संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र सहयोगी राष्ट्रले इजरायल र लेबनानमा रहेको हिजबुल्लाह बीचको युद्ध तीव्र भएपछि अस्थायी युद्धविरामको आह्वान गरेका छन् ।

११ देशको समूहले तत्काल २१ दिनको लागि लेबनानमा युद्धविराम गर्न प्रस्ताव गरेको हो । उनीहरुले कूटनीतिक समाधानको निष्कर्षतर्फ जानका लागि गाजामासमेत युद्धविराम गर्न आग्रह गरेका बीबीसीले जनाएको छ ।

संयुक्त वक्तव्य निकालेर उनीहरूले दुई देशबीचको शत्रुताले निम्ताएको युद्ध इजरायल र लेबनानका दुवैतर्फका नागरिकको हितमा नरहेको बताएको छ ।

यसअघि इजरायलका सैन्य प्रमुखले हिजबुल्लाहलाई लक्षित गर्दै लेबनानमा व्यापक हवाई आक्रमणले सेनालार्य हिजबुल्लाह रहेका क्षेत्रमा प्रवेश गर्न मार्ग प्रशस्त गर्न सक्ने बताएपछि यस्तो वक्तव्य आएको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया