नेपालमा जस्तो आतिथ्यता र क्रिकेट समर्थक संसारमा अन्त कतै देखिए...
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – स्याङ्जाको वालिङ नगरपालिका एन्फा महिला लिग फुटबलको दोस्रो चरणमा पुगेको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई २–१ गोलले हराउँदै वालिङ दोस्रो चरणमा पुगेको हो । वालिङका लागि सुक्रिया मिया र ज्याकलिन नसालीले गोल गरे । चन्द्रपुरका लागि सुनिता सुनारले गोल गरिन् ।
जीतपछि वालिङ ९ खेलमा १५ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । चन्द्रपुर ९ खेलमा ८ अङ्कका साथ तालिकाको आठौं स्थानमा छ । चन्द्रपुर दोस्रो चरणमा छनोट हुने सम्भावना सकिएको छ ।
एन्फा महिला लिगमा आजै दोस्रो खेलमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश खेल्दैछन् । यो खेल अहिले दिउँसो साढे ३ बजे एन्फा कम्प्लेक्सको मैदानमा शुरू हुनेछ ।
कोशी ८ खेलमा ११ अङ्कका साथ तालिकाको पाँचौं स्थानमा छ । कोशी दोस्रो चरणमा पुग्ने सम्भावना कायमै छ । सुदूरपश्चिम ८ वटै खेल हारेर अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।
एन्फा महिला लिगमा यसअघि नै सशस्त्र प्रहरी बलको एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब दोस्रो चरणमा पुगिसकेका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा चलिरहेको लिगमा १० वटा टोली सहभागी छन् । पहिलो चरणमा शीर्ष ५ मा रहने टोली दोस्रो चरणमा पुग्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।